चितवन विशेष
मानवसेवा आश्रम नारायणगढमा लायन्सको वृक्षरोपण

चितवन, साउन १६–
लायन्स क्लव अफ नारायणगढ संगमचोक र लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जीवनीले संयुक्त रुपमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
साउन १५ को अवसर पारेर मानवसेवा आश्रम नारायणगढमा वृक्षरोपण गर्नुको साथै आश्रममा आश्रितहरुलाई बिहानीको खाना खुवाईएको कार्यक्रम संयोजक रुपक पौडेलले जानकारी दिए । नारायणगढमा मानवसेवा आश्रमको आफ्नै भवन रहेको छ । सोही परिसरमा आवश्यक विरुवा रोपिएको हो ।
लायन्स क्लव अफ नारायणगढ संगमचोकका अध्यक्ष लायन सुविर श्रेष्ठ र लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जीवनीकी अध्यक्ष सृजना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ आर नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर एमजेएफ लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर लायन प्रभात कुमार जोशी, लायन राजकुमार श्रेष्ठ, महिला सेल, पिआरओ प्रमुख लायन दुर्गा लक्ष्मी श्रेष्ठ, डिष्ट्रिक्ट एक्जुकिटिभ चिफ लायन राजेन्द्र गौतम, एमजेएफ लायन सुरेश श्रेष्ठ, कृष्ण पाण्डे, गोपालप्रसाद गौतम, राजेन्द्र कँडेल, विनिता नेपाल कोइराला, शरदमणी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।


























