चितवन विशेष
भरतपुर महानगर पूर्व जनप्रतिनिधि मञ्च गठन,संयोजक बने अरुणपिडित भण्डारी
०

चितवन,साउन १५-
भरतपुर महानगरपालिका पूर्व जनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्व जनप्रतिनिधिहरुको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित ,सचिवमा पदमपाणी सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यहरुमा नरिनारायण पौडेल, नरेन्द्र कुमार कन्दङवा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएको छ ।
२०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले महानगरपालिकाको विकास निर्माणमा सहयोग पु¥याउने उदेश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























