Breaking News

बागमतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Banner

चितवन, साउन १५-

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहप् स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।

सोमवार राति देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले मेघगर्जन, चट्याङसहित भारी वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोप, जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाइ यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>