मनोरञ्जन

योगीको निर्देशनमा टिभी रियालिटी शो ‘महागफाडी’ आउने

Banner

काठमाडौं, साउन १४-
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित समारोहमा शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने र प्रसारण असोज तेस्रो सातादेखि हुने जनाइएको छ ।

उक्त शोलाई नरेशनाथ योगीले निर्देशन गर्दैछन् । उनी फिल्म लेखक, नृत्य निर्देशक र फाइट डिरेक्टर समेत हुन् । शोको घोषणा गर्दै उनले मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक रहेको बताए ।
ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभरका नेपालीभाषी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । शोमा मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजक कम्पनीले दिएको छ ।

तर, प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिने भएको छ । फिजिकल अडिसनमा १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा आयोजना गरिनेछ भने पहिलो विश्व यात्राको सुरुआत क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मस्ले दिएको छ ।

दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् । निर्णायक मण्डलमा हाँस्यब्यंग्यकार शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् । विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>