मकवानपुर

मनहरीको ‘आमा घर’लाई रोटरी क्लव अफ नारायणगढको सहयोग

Banner

मकवानपुर, साउन १३-

रोटरी क्लव अफ नारायणगढले मकवानपुरको मनहरीमा रहेको आमा घर सेवा आश्रमलाई खाद्यान्न तथा बिरुवा सहयोग गरेको छ। स्पाउस क्लवका सदस्यहरुसहित पुगेको रोटरी क्लवको समूहले आमा घरलाई एक लाख रुपैयाँ बराबरको सहयोग गरेको हो।

मनहरीस्थित पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले आमा घर सञ्चालन गर्दै आएको छ। यहाँ विभिन्न कारणले परिवार गुमाएका वा परिवारमा रहन नसकेका वृद्धाहरुलाई आश्रय दिने गरिएको छ।

क्लवका अध्यक्ष भोलानाथ लामिछानेले क्लवको नियमित कार्यक्रमअन्तर्गत आमा घरका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको बताए। ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले व्यवस्थापन गर्दै आएको पिस पार्कका लागि विभिन्न ३० प्रकारका बिरुवाहरु उपलब्ध गराएर बृक्षारोपण पनि गरिएको लामिछानेले बताए।

पूर्वअध्यक्ष सहनलाल प्रधानले रोटरी क्लव अफ नारायणगढले आमा घरमा दोस्रो पटक सहयोग गरेको बताए। क्लवले चितवन, तनहुँ र नवलपरासीमा पिउने पानीका लागि विभिन्न योजनाहरु सञ्चालन गरेको प्रधानले बताए। साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्लवले सहयोग गर्ने गरेको उनले बताए।

सो अवसरमा क्लवका सदस्यहरुले व्यक्तिगतरुपमा पनि सहयोग गरेको स्पाउस क्लव अफ रोटरी क्लव नारायणगढकी अध्यक्ष पूर्णिमा श्रेष्ठले जानकारी दिइन्। आमा घर सेवा आश्रमकी प्रमुख रेवती घिमिरेले आश्रममा आश्रयका लागि आइपुग्ने आमाहरुलाई परिवारमै रहेको अनुभुती दिनेगरी सेवा दिने गरेको बताइन्।

सहयोग हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती, आमा घरका संरक्षक विजयराज सिग्देल पनि सहभागी थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>