चितवन विशेष

एमाले भरतपुर–११ ले गणेशस्थानकी बिपन्न एकल महिला साबित्री प्याकुरेलको घर निर्माण

०
Banner

चितवन, साउन १३
नेकपा एमाले भरतपुर ११ वडा कमिटीले गणेशस्थानकी बिपन्न एकल महिला साबित्री प्याकुरेलको घर निर्माण गरेको छ । छोराको विदेशमा निधन, श्रीमान् र बुहारीले छाडेर एक्लो जीवन बिताइरहेकी उनको दयनीय अवस्था देखेपछि एमालेले घर निर्माण गरेको हो ।

एमाले वडा कमिटी सदस्य नारायणलाल श्रेष्ठ घर छाउनुको साथै रड र पाइपहरु नयाँ राखेर घरको पुननिर्माण गरिएको नारायणी अनलाइनलाई बताए । झण्डै ५० हजार रुपैयाँ निर्माणमा खर्च भएको उनले बताए । पार्टीको सहयोग कार्यक्रममा वडा ११ का अध्यक्ष कमल मल्ल र एमाले वडा अध्यक्ष ईश्वरी पण्डितको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>