Breaking News
नारायणगढ–मुग्लिन एकतर्फी सञ्चालन, दुई तर्फी खुल्न दुई घण्टा लाग्ने
०

चितवन, साउन १३-
आज बिहान ७ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले बताए । सडक दुई तर्फी रुपमा सञ्चालनमा आउन अझै दुई घण्टाजति लाग्ने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























