Breaking News
अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा
०
भरतपुर,साउन १३-
पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>