चितवन विशेष

मेट्स चितवनको अत्याधूनिक नयाँ कार्यालय शुभारम्भ, प्रवन्ध निर्देशक पाण्डेले गरे उद्घाटन

Banner

चितवन, साउन १२–

मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनको नयाँ कार्यालय शुक्रबार शुभारम्भ गरिएको छ ।

एक कार्यक्रमकाबीच मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले रिवन काटेर नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै पाण्डेले विद्यार्थीहरुलाई अध्ययन र परामर्शका लागि सहज होस् भन्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको बताए । उनले नयाँ कार्यालयसंगै विद्यार्थीहरुलाई सबै कुरामा सहज हुने विश्वास दिलाए ।

विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस्थाले विद्यार्थीहरुको सेवा सुविधालाई ध्यानमा राखेर नयाँ कार्यालय संचालनमा ल्याएको ट्स चितवनका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।वैदेशिक शिक्षा, यस सम्बन्धी परामर्श र प्रक्रियाको क्षेत्रमा मेट्सको नाम अग्र स्थानमा रहने गरेको छ ।

मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले वि.स. २०६४ सालमा काठमाण्डौको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरि आफनो सेवा शुुभारम्भ गरेको थियो भने २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शााखा चितवनमा स्थापना गरेको थियो । हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले विश्वभर नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो ब्यवसायीक संजाल फिजाइसकेको छ ।

२०६५ सालमा चितवनको सहिदचोक नारायणगढबाट शैक्षिक परामर्श सेवा शुरु गरेको मेट्स ईन्टरनेशनल एजुकेसन एन्ड भीषा सर्भिसेसले चितवन शाखाबाट मात्रै हजारौ विद्यार्थीहरुलाइ सेवा दिइसकेको छ भने यस संस्थाले लाख भन्दा बढी विद्यार्थीहरुलाई सेवा दिइसकेको छ । शुरूवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके लगायत युएसए, आयरल्यान्ड एवं न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्थीहलाई समेत परामर्श दिदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>