Breaking News
गठबन्धनप्रति बाबुरामको प्रश्न- मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको ?

काठमाडौं, साउन १२-
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराई कोशी सरकारको सन्दर्भलाई लिएर सत्ता गठबन्धन दलबाट संविधानको रक्षा नभएको टिप्पणी गरेको छ।
उनले ट्वीटरमा लेखेका छन्, ‘१ नम्बर प्रदेशको नामाकरण ठीक भएन। त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनीतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।’
उनले भनेका छन्, ‘तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय र गुटीयर निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउँछन् भने संविधानको रक्षा कसले गर्छ ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ ?’
एक पटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको ? भन्दै गठबन्धन दलहरुलाई उनले प्रश्न गरेका छन्। आफु र आफ्नो दल हारेर पनि लोकतन्त्र, संविधान, देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ?


























