चितवन विशेष
भदौंदेखि भरतपुर अस्पतालमा निःशुल्क पार्किङ
०

चितवन, साउन ८–
भरतपुर अस्पतालमा आगामि भदौं महिनादेखि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
अस्पताल प्रशासनले सोमबार एक विज्ञप्ती जारी गर्दै भदौं महिनादेखि पार्किङ निःशुल्क गरिने जनाएको हो । हाल अस्पतालमा पार्किङ बापत न्यूनतम शुल्क लिने गरिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले केहीदिन अघि सबै अस्पतालहरुमा पार्किङ निःशुल्क व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालमा उपचार गराउन जाने बिरामीले सवारी साधन पार्किङ बापत पनि पैसा तिर्नुपर्ने भन्दै पार्किङ शुल्क खारेज गर्ने निर्णय गरेका थिए । हाल भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा पार्किङ शुल्क लिने गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























