Breaking News
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कप

चितवन, साउन ७-
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । फाइनल खेलमा भारतलाई एक सय २८ रनको फराकिलो अन्तरले पराजितगर्दै पाकिस्तानले इमर्जिङ कप जितेको हो ।
फाइनलमा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३ सय ५३ रनको लक्ष्य दिएको थियो । जबाफि ब्याटिङमा उत्रिएको भारतले दुई सय २४ रन मात्र बनाउन सक्यो । पाकिस्नाले भारतलाई ४० ओभरमा अल आउट गर्यो । भारतका ओपनर ब्याटस्म्यान अभिशेख शर्माले सर्वाधिक ६१ रन बनाए । त्यस्तै क्याटेन यश धुलले ३९ र शै शुर्दशनले २९ रन बनाए । अन्य खेलाडि त्यति रन जोड्न सकेनन् । पाकिस्तानका सुफियान मुकिमले ३ तथा अर्शत इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिनले २/२ विकेट लिए ।
पहिले ब्याटिङ गरेका पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ५२ रन जोडेको हो । पाकिस्तानका लागि तैय्यब ताहिरले १०८ रन बनाए । प्रारम्भिक ब्याट्सम्यानद्वय साइम अयुबले ५९ र साहिजादा फरहानले ६५ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि १७ दशमलव २ ओभरमा १२१ रनको साझेदारी गरेका थिए ।


























