Breaking News
उपनिर्वाचनमा उपेन्द्रविरुद्ध चुनाव लडेका कुशवाहलाई जनमतले चार महिनामै गर्यो पार्टी निष्कासन
०

जनकपुरधाम, साउन ४-
जनमत पार्टीले पाँच नेतालाई कारबाही गरेको छ । विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै उनीहरूलाई जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले कारबाही गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपककुमार साहले विज्ञप्ति मार्फत् जनाएका हुन् ।
कारबाहीमा नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादव परेका छन् ।
त्यस्तै कारबाहीमा परेका कुशवाहा भने बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























