Breaking News

काठमाडौको फोहोर विसर्जनमा आज पनि अवरोध,मन्त्रालयले बोलायो सर्वदलीय बैठक

Banner

काठमाडौं,साउन ३-

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले अवरोध गरेका छन् । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएका छन् ।

स्थानीयवासले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएका छैनन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले आज पनि अवरोध कायमै रहेको बताए । उनले सहरी विकास मन्त्रालयले समस्याको निकासका लागि सर्वदीय छलफल बोलाएको जानकारी दिए । “सहरी विकास मन्त्रालयले आज सर्वदलीय छलफलका लागि बोलाएको छ । उक्त छलफलमा सहमति जुटेको खण्डमा अवरोध हट्नेछ,” अध्यक्ष तामाङले भने । उनका अनुसार बिहान ११ बजे बैठक बस्दै छ । सोमबारदेखि नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>