Breaking News
एक दिन ढुवानी नहुँदा भरतपुरमा पेट्रोल सटेज, दैनिक एक लाख लिटर खपत

चितवन, साउन ०२-
भरतपुरका केही पेट्रोल पप्प मंगलबार दिउँसो बन्द थिए । पेट्रोलिय पदार्थको मुल्य घटेको भोलि पल्ट नै हाहाकार हुने डरमा उपभोक्ताहरु पेट्रोल पप्पमा लाइन बसे । हाकिमचोकको अष्ट्रभूजा, बाइपासरोडमा रहेको सहकारीद्धारा सञ्चालित साझा पेट्रोल पप्प र तालिम केन्द्र अगाडि प्रहरीले सञ्चालन गरेको पेट्रोल पप्पमा बन्द थियो ।
एकै ठाउँमा तीन वटा पेट्रोल पप्प बन्दा हुँदा उपभोक्ता वितरण भइरहेका पप्पमा लाइन बसिरहेका थिए । एक दिन ढुवानी रोकिँदा चितवनमा केही समस्या आएको चितवन पेट्रोलियम पदार्थ डिलर्स एशोसियसन चितवनका अध्यक्ष काशिराज पाठक बताउँछन् ।
‘आर्थिक बर्षको अन्तिम दिन सर्वर परिर्वतन गर्नुपर्ने । सोमबार अम्लेजगञ्जबाट पेट्रोलियम पदार्थबाट ढुवानी हुन सकेन,’ पाठकले भने, ‘एक दिनका असर यहाँका पेट्रोल पप्पमा देखिएको हो ।’
बजारमा पेट्रोलिय पदार्थको मुल्य घटेपछि व्यवसायीले कालोबजारी गर्न थाले भन्ने हल्ला ब्याप्त थियो । मुल्य घटेपनि नियमित नै व्यवसायीले विक्रि वितरण गरेको पाठकले बताए । नेपाल आयल निगमले सोमबार १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा छ र डिजेलमा चार रुपेयाँ घटाएको छ । यससंगै डिजेलको प्रतिलिटर एक ४४ र पेट्रोलको एक सय ५५ रुपैयाँ कायम भएको छ । यही मध्य असारमा पनि पेट्रोलको मुल्य साढे सात रुपैयाँ घटेको थियो । अघिल्लो असार महिनामा पेट्रोलको मुल्य अहिलेसम्मकै उच्च पुगेको थियो । त्यतिखेर पेट्रोलको एक सय ९९ र डिजेलको एक सय ९२ रुपैयाँ कायम भएको थियो । त्यसपछि भने पेट्रोलियम पदार्थको मुल्य निरन्तर घट्दै गएको छ ।
चितवनमा प्रत्येक दिन एक लाख लिटर पेट्रोल खपत हुँदै आएको छ । त्यस्तै साढे दुई लाख लिटर डिजेल खपत हुँदै आएको उनले जानकारी दिए । यहाँ संघमा ७५ वटा पेट्रोल पप्प आवद्ध छन् । नारायणगढको कैलाश पेट्रोल पप्पबाट मात्रै दैनिक १० हजारभन्दा बढि पेट्रोल विक्रि हुने पप्पका व्यवस्थापक शिव जोशीले जानकारी दिए । डिजेल भने त्यसको दोब्बर विक्रि हुने उनले बताए ।
सरकारले पेट्रोल पप्पहरुलाई खर्च कटाएर डिजेलमा ३ दशमलव १२ प्रतिशत र पेट्रोलमा ३ दशमलव ३९ प्रतिशत कमिसन दिने गरेको छ ।























