Breaking News
नारायणी सहित देशका विभिन्न नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र बाढी आउन सक्ने
०

चितवन, असार ३०-
आज चितवन सहित देशका विभिन्न नदी तथा सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना महाशाखाले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले वर्षाका कारण नारायणी, सुनकोशी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको हो।
त्यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्व, स्याङ्जा, कास्की, तनहुँ, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स-साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान् छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























