Breaking News

एसीसी इमर्जिङ टिम्स एसिया कपः पाकिस्तान ‘ए’संग नेपाल ४ विकेटले पराजित

Banner

काठमाडौँ, असार २९–

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’संग नेपाल ६ विकेटले पराजित भएको छ ।

पाकिस्तानको कोलोम्बोमा भएको खेलमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाउँदै पुरा गर्‍यो । उसका लागि ताहिरले ५१ रनको अर्धशतकीय पारी खेले भने युसुफले ३६ र कमरनले ३१ रन बनाए । नेपालले ६ विकेट नै स्पीनरहरुले लिएका थिए । ललित राजवंशीले ८.५ ओभरमा ५० रन खर्चिदै ३ विकेट लिए भने पवन सराफले ५ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले ६ ओभरमा २२ रन खर्चिएर १ विकेट लिए ।

नेपालले इनिङको पहिलो बलमै विकेट लिने सुनौलो अवसर गुमाएको थियो । जितसंगै पाकिस्तान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ भने नेपाल पुछारमा रहेको छ ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले सोमपाल कामीको महत्वपूर्ण प्रदर्शनमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ जोड्यो । एक समय लज्जासपूर्ण अवस्थामा पुगेको नेपाललाई सोमपालले केही राहत दिलाए । उनी व्यक्तिगत ७५ रनमा आउट भए । ३७औं ओभरमा एक रन लिने चक्करमा सोमपाल विकेटकिपरबाट क्याच हुन पुगे । सोमपालले ७७ बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए ।

नेपालका अन्य कुनै पनि व्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सोमपाललाई महत्वपूर्ण पारी खेल्न प्रतिश जिशीले महत्वपूर्ण साझेदारी गरे । यी दुई अर्धशतक साझेदारी गरेका थिए । प्रतिश २६ रनमा आउट भए । नेपालले खराब व्याटिङ गर्दै पहिलो पावर प्ले १० ओभर भित्रै ४३ रन बनाउँदै महत्वपूर्ण ६ विकेट गुमाई सकेको थियो । पाकिस्तानका सहनबाजले ५ विकेट लिए भने वासिमले ४ विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा भारत ‘ए’ र अन्तिम खेलमा युएई ‘ए’संग खेल्ने छ । समूहका २ टिम सेमीफाइनलमा पुग्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>