Breaking News

नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य

Banner

काठमाडौँ, असार २९–

सोमपाल कामीको महत्वपूर्ण प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपाल ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ जोड्यो । एक समय लज्जासपूर्ण अवस्थामा पुगेको नेपाललाई सोमपालले केही राहत दिलाए । उनी व्यक्तिगत ७५ रनमा आउट भए । ३७औं ओभरमा एक रन लिने चक्करमा सोमपाल विकेटकिपरबाट क्याच हुन पुगे । सोमपालले ७७ बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए ।

नेपालका अन्य कुनै पनि व्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सोमपाललाई महत्वपूर्ण पारी खेल्न प्रतिश जिशीले महत्वपूर्ण साझेदारी गरे । यी दुई अर्धशतक साझेदारी गरेका थिए । प्रतिश २६ रनमा आउट भए । नेपालले खराब व्याटिङ गर्दै पहिलो पावर प्ले १० ओभर भित्रै ४३ रन बनाउँदै महत्वपूर्ण ६ विकेट गुमाई सकेको थियो । पाकिस्तानका सहनबाजले ५ विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा भारत ‘ए’ र अन्तिम खेलमा युएई ‘ए’संग खेल्ने छ । समूहका २ टिम सेमीफाइनलमा पुग्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>