चितवन विशेष

मैयाँदेवि कन्या कलेजमा भानुजयन्तीः कविता वाचनमा रचना प्रथम

Banner

चितवन, असार २९–

२१०औं भानु जयन्तीको अवसरमा भरतपुर–१०, स्थित मैयाँदेवि कन्या कलेजले कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कलेजको सभाहलमा गरिएको कार्यक्रममा ८ जना विद्यार्थीले कविता वाचन गरेका थिए । जसमध्ये उत्कृष्ट कविता वाचन गर्दै तीन जनाले पुरस्कार पाएका छन् ।

‘म नारी हुँ १९९० की’ शीर्षकमा कविता वाचन गर्दै बीएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रचना गिरी प्रथम स्थान हासिल गरिन् । ‘पानी’ शीर्षकमा कविता वाचन गरेकी बीएड प्रथम वर्षमा अध्ययनरत नम्रता गिरीले द्धितीय स्थान हासिल गरिन् भने ‘म दलित हुँ’ शीर्षकमा कविता वाचन गर्दै कक्षा १२ मा अध्ययनरत एलिसा सुनार तृतीय स्थान हासिल गरिन् । उनीहरुलाई कलेजका अध्यक्ष टंकनाथ पौडेल र कलेजका प्राचार्य भोजराज न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको निर्णायकमा सावित्री अधिकारी, मीना रिमाल र अर्जुन ढकाल रहेका थिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष टंकनाथ पौडेलले आगामि वर्ष भानु जयन्तीमा जिल्लाभरका सामुदायिक कलेजहरुको सहभागिता जिल्ला स्तरीय कविता वाचन कार्यक्रम गर्ने प्रतिवद्धना जनाए । सो क्रममा उनले भानुले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । कलेजका प्रिन्सिपल भोजराज न्यौपानेले भानुजयन्ती विशेष कार्यक्रमका लागि कलेजका वार्षिक क्यालेन्डरमा समावेश गरिने बताए । उनले आगामि दिनमा विद्यार्थीहरुलाई अझै यस्ता कार्यक्रमहरुमा सभागिता जनाउन आग्रह गरे ।

तनहूँको चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>