चितवन विशेष

चितवनका तीन क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले दियो कारबाहीको चेतावनी

Banner

चितवन, असार २७-

त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले सम्बन्धन नविकरण नगरेका भन्दै चितवनका तीन क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

विश्वविद्यालयमा सम्बन्धन नविकरण नगर्ने भरतपुरको दियालो कलेज, रत्ननगरको एक कलेज र राप्तीको बुद्ध शान्ति मल्टिपल कलेजसहित देशभरका १७५ वटा क्याम्पसलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो ।

निर्देशनालयले बुधबार नविकरण नगर्ने चितवनका तीनसहित १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरे पनि नविकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।
निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्पस नविकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>