मनोरञ्जन
साम्राज्ञीविरुद्ध भुवनको ‘बेइज्जती’सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
०

काठमाडौं, असार २७-
अभिनेत्री साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको बेइज्जतीसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा भुवनले दायर गरेको बेइज्जतीसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा हुन लागेको हो ।
२०७७ साउन ९ गते भुवनले साम्राज्ञीविरुद्ध मुद्दा दायर गरेका थिए । त्यतिबेला चलेको विवादमा साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















