Breaking News
ललिता निवास प्रकरणः सञ्चार मन्त्रालयका बहालवाला सचिव राउत पक्राउ
०

काठमाडौँ, असार २४–
ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका बहालवाला सचिव नै पक्राउ परेका छन् ।
प्रहरीले आइतबार कृष्णबहादुर राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
सीआईबीले आइतबार नै यस प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको थियो ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























