देश/प्रदेश

१९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै सृष्टिले दुबईमा जितिन् ‘मिस स्टार युनिभर्स’को ताज

Banner

काठमाडौँ,असार २४-

दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

२२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को उपाधि समेत हात परेकी छन् । ‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको महर्जनले बताइन् ।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नभर्स पनि थिए । अन्ततः सफलता प्राप्त भयो ।’

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एन्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो । कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिसेस ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।

कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो विधामा अवार्ड हात पारे । होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा। बु ।अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाइदिएका थिए ।

प्रतियोगिताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>