चितवन विशेष
अपाङग जीवन विकास संस्थामा आश्रितलाई नारायणगढ लायन्सको खाद्यान्न र सरसफाई सामग्री

चितवन, असार २४–
लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत वर्षको अवसरमा नवलपुरको गैंडाकोट–२, स्थित अपाङग जीवन विकास संस्थामा आश्रितहरुलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । लायन्स क्लव अफ नारायणगढ नारायणी र लायन्स क्लव अफ नारायणगढले संयुक्त रुपमा एक कार्यक्रमकाबीच संस्थामा आश्रित २२ जनाका लागि खाद्यान्न तथा विभिन्न सरसफाइका सामग्रीहरु सहयोग गरेको हो ।
उनीहरुलाई केहीदिनको लागि पुग्ने खाद्यान्नसंगै लायन्स क्लव अफ नारायणगढ नारायणीले विहानको भोजन समेत गराएको क्लवकी सचिव जोशिला पियाले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका प्रथम डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपानेलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
आफू भन्दा कम भाग्यमानीको सेवामा निरन्तर लागि परेको लायन्स क्लवले विभिन्न सेवाका कामहरु गर्दै आइरहेको छ ।
लायन्स क्लब अफ नारायणगढका अध्यक्ष लायन शान्तकुमार पिया, लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन अंजु पियाको अध्यक्षतामा भएको कार्यक्रममा
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आरका एजुकेटिभ चिफ लायन सुधा जोशी, क्लस्टर ४ की क्लस्टर चिफ लायन विनिता नेपाल, जोन २९ का जोन चियरपर्सन लायन शरदमणी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा उनीहरुले फेरि पनि संस्थालाई साथ र सहयोगको बाचा संगसंगै उक्त संस्थाका अध्यक्ष बालकृष्ण सापकोटालाई उत्कृष्ट मानवीय सेवामा अग्रसर हुनु आग्रह गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।



























