मनोरञ्जन

गायक रविन तामाङको शवलाई भोलि बिहान ८ बजे श्रद्धाञ्जलीको लागि राखिने

Banner

काठमाडौं, असार २३-

गायक तथा अभिनेता रविन तामाङको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आइतबार बिहान राखिने भएको छ ।

भोलि बिहान ८ देखि साढे १० बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने गायिका अभया सुब्बाले जानकारी दिएकी छन् । त्यसपछि अन्तिम संस्कारको लागि स्वयम्भुमा लैजाने तयारी छ । तामाङ परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गर्ने जनाइएको छ । फ्रान्समा रहेका रविनका दुई छोरी पनि काठमाडौं आइपुगेका छन् ।

चर्चित रक गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>