मनोरञ्जन
बलिउड चलचित्र आदिपुरुषका लेखक मनोजले मागे माफी
०

काठमाडौं, असार २३-
आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । उनले एक महिना पछि माफी मागेका हुन् । आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि उनले माफी माग्न अस्वीकार गरेका थिए ।
‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले टविटरमा माफी माग्दै अगाडि लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















