मनोरञ्जन

उड्डयनमन्त्री किरातीसहित राजेशपायल र आर्यनले गरे वृक्षारोपण

Banner

काठमाडौं, असार २३-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार बिहान सानो हात्तीवनमा वृक्षारोपण गरेका छन् । ललितपुरको सानो हात्तीवनस्थित उड्डयनमन्त्री किरातीसहित गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकारहरु रीता थापा मगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीले वृक्षारोपण गरेका हुन् ।

ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा वृक्षारोपण गर्न कलाकारको बाक्लै उपस्थिती देखियो । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपी लगायतको जातका विरुवा रोपिएको थियो ।

मन्त्री किरातीले आयोजना गर्ने सरसफाइ, वृक्षारोपण लगायतका कार्यक्रममा कलाकारलाई बोलाउने गरेका छन् । पशुपति क्षेत्रको सफाइमा पनि कलाकारले साथ दिएका थिए । वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले वृक्षारोपण जरुरी भएको गायक राजेशपायल राईले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>