चितवन विशेष
भरतपुरको ज्ञानदर्शन स्कूलको उत्कृष्ट नतिजा,नमनबाबु चापागाईँले ल्याए ४ जीपीए
०

चितवन,असार २१-
चितवनको भरतपुर ११ मा रहेको ज्ञानदर्शन इङ्लिस स्कूलले एसईईको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । स्कूलका विद्यार्थी नमनबाबु चापागाईँले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् ।
३२ जना विद्यार्थी एसर्ईई परीक्षामा सहभागि भएकोमा ३.६ देखि ४ जीपीए ल्याउने ११ जना रहेको कलेजका प्रधानाध्यापक मनिस घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ११ जना,२.८ देखि ३.२ जीपीए ल्याउने ९ जना र २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने १ जना विद्यार्थी रहेका छन् । विद्यार्थी,अभिभावक,शिक्षक कर्मचारीको मेहनतले स्कूलले उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको घिमिरेले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























