क्रिकेट

युएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

Banner

काठमाडौँ, असार १७–

जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिता अन्तरगत सातौं स्थानको प्लेअफ खेलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईले नेपालसामु १८२ रनको लक्ष्य पेश गरेको छ । नेपालले टस जितेर युएईलाई व्याटिङको निम्तो दिएपछि युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भयो ।

युएइका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाए भने रोहन मुस्ताफाले ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चिए भने करनले ८.५ ओभरमा ३६ रन खर्चिए ।

यस्तै प्रतिश जिशी, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । नेपाल आजको खेलमा विजयी भए सातौं स्थानका लागि आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>