चितवन विशेष
लायन्स क्लव चितवन चौतारीको रक्तदानमा ७५ जनाले गरे रक्तदान

चितवन, असार १६–
लायन्स क्लब अफ चितवन चौतारीले शनिबार भरतपुर–४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्लबले हरेक लायन वर्षको पहिलो शनिबार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।
आजको कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी र उसले स्पोन्सर गरी स्थापना गरेका क्लबहरुको संयुक्त आयोजनामा सम्पन्न भएकोे हो । मानवीय कार्यमा प्रतिवद्ध सदस्यहरुकै कारण आज लायन्सको सदस्य हुनुमा गर्व गर्न सकिएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर दिनानाथ न्यापानेले बताए। उनले मानवीय र सामाजिक कार्यमा चितवन चौतारी र स्पोन्सर गरिएका क्लबहरुको भुमिकाका प्रशंसनिय भएको बताए। उनले सिँगो डिष्ट्रिककै शान उच्च राख्न आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न उपस्थित लायनहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक ३२५ आरका द्धितिय भाईस गर्भनर नवराज सापकोटा, पूर्व गर्भनरहरु रामप्रसाद भट्ट, राजकुमार श्रेष्ठ, डिष्ट्रिकका सचिवालयका सल्लाहाकारहरु राजेन्द्र गौतम, प्रभाकार पण्डित लागायतका लायन नेताहरु उपस्थित थिए ।
कार्यक्रमा ११ जना नयाँ रक्तदाता, १३ जना महिला रक्तदाता गरी कुल ७५ रक्तदान गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग एवं नेपाल स्वास्थ्य प्राबिधिक संघ, आई आर ल्याब भरतपुर, प्राईम बहुउद्देश्यीय संस्था नारायणगढ, बाग्लुङ्ग कालिका टेण्ट हाउस, लंकू, लक्ष्मी नारायण फर्निचर उद्योग, लंकू, न्यू कमल सप्लायर्स नारायणगढले कार्यक्रमका लागि सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा.महेन्द्र कुमार अग्रहरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
























