आर्थिक

हेटौंडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतले पारित

Banner

मकवानपुर,असार १६-

हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँ बजेट पारित गरेको हो ।

उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट रु। १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।

नगरसभाले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले २०७९र०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकाश प्राप्त कर्मचारीको उपदान, बिदा तथा औषधोपचार खर्चको अनुमोदनसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>