Breaking News

नारायणगढ–मुग्लिन सडक सुचारु

Banner

चितवन, असार १६–

आज बिहान ३ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । तुइन खोला नजिक खसेको पहिरो पन्छाएर सकिएसँगै सडक सुचारु गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी साधन सावधानीका साथ चलाउन डिजिभनले अनुरोध पनि गरेको छ । पहिरोले सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>