चितवन विशेष

पत्रकार पोख्रेल कृषि सम्मान पुरस्कारबाट सम्मानित

Banner

चितवन, असार १५–

पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार–२०८० बाट सम्मानित भएका छन् ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पु¥याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो । भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालले खादा ओडाएर प्रमाणपत्र र नगद १० हजारसहित पोख्रेललाई सम्मान गरेका हुन् ।

भरतपुर–२५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ । ०७७ सालमा स्थापना भएको सो फर्ममा २५ युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए । उनले कृषि सम्मान पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने बताए ।

कृषिलगायतका विषयमा चितवनबाट पत्रकारिता गर्दै आएका पोख्रेलले कृषि सेरोफेरो र डेरी चौतारी रेडियो कार्यक्रसमेत उत्पादन गर्दै आएका छन्। जुन किसानको विचमा लोप्रिय मानिन्छ । पोख्रेल पश्चिम चितवन पत्रकार मञ्चका सह सचिव समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>