Breaking News
भरतपुरमा धान रोप्दै बाबुराम भट्टराइले भनेः बजेटमा कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन

चितवन, असार १५–
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले बजेटमा कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने दावी गरेका छन् । आज (शुक्रबार) धान दिवसको अवसरमा रोपाईँ गर्न चितवनको भरतपुर–२०, भीमनगरमा पुगेका भट्टराईले यसवर्ष पनि सरकारले बजेटमा कृषिलाई प्राथमिकता नदिएको भन्दै खिन्नता प्रकट गरे ।
‘नेपालको १ नम्बर कृषि नै हो, त्यसैले कृषिको आधूनिकीकरण र वैज्ञानीकरण नभएसम्म नेपालको विकास हुँदैन’ भट्टराईले भने–‘बजेटमा पहिलो प्राथमिकता कृषिलाई नै दिउँ भनेर मैले पटक–पटक भन्दै आएको छुँ तर अहिलेको बजेटमा पनि प्राथमिकतामा परेन, यो विषयमा सबैले आवाज उठाउन जरुरी छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले किसान भन्ने वित्तिकै पुरानै परिपाटीबाट गर्नुपर्छ भन्ने नरहेको भन्दै कृषिलाई आधूनिकीकरण गर्नुपर्ने बताए । उनले त्यो नीति भने सरकारले लिनुपर्ने बताए । उनले किसानलाई सम्मानित पेशा बनाउनुपर्ने भन्दै त्यसैका लागि आफू चितवन आइपुगेको बताए ।


























