Breaking News

भरतपुरमा धान रोप्दै बाबुराम भट्टराइले भनेः बजेटमा कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन

०
Banner

चितवन, असार १५–

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले बजेटमा कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने दावी गरेका छन् । आज (शुक्रबार) धान दिवसको अवसरमा रोपाईँ गर्न चितवनको भरतपुर–२०, भीमनगरमा पुगेका भट्टराईले यसवर्ष पनि सरकारले बजेटमा कृषिलाई प्राथमिकता नदिएको भन्दै खिन्नता प्रकट गरे ।

‘नेपालको १ नम्बर कृषि नै हो, त्यसैले कृषिको आधूनिकीकरण र वैज्ञानीकरण नभएसम्म नेपालको विकास हुँदैन’ भट्टराईले भने–‘बजेटमा पहिलो प्राथमिकता कृषिलाई नै दिउँ भनेर मैले पटक–पटक भन्दै आएको छुँ तर अहिलेको बजेटमा पनि प्राथमिकतामा परेन, यो विषयमा सबैले आवाज उठाउन जरुरी छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले किसान भन्ने वित्तिकै पुरानै परिपाटीबाट गर्नुपर्छ भन्ने नरहेको भन्दै कृषिलाई आधूनिकीकरण गर्नुपर्ने बताए । उनले त्यो नीति भने सरकारले लिनुपर्ने बताए । उनले किसानलाई सम्मानित पेशा बनाउनुपर्ने भन्दै त्यसैका लागि आफू चितवन आइपुगेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>