Breaking News
हामीले गरेको काम जनतामाझ लैजान नसक्नु कांग्रेसको कमजोरी होः अर्थमन्त्री महत
०

काठमाडौं, असार १५-
नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले पार्टीले गरेको काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको बताएका छन्।
सानेपामा आज भएको लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षणमा बोल्दै कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टीले गरिरहेको काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको बताए।
‘हाम्रो नीति, सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘हामी व्यक्ति आलोचनमा बढी समय खर्च गछौं। गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























