क्रिकेट

मलेसियालाई ८४ रनले हराउँदै नेपाल समूह विजेता

Banner

काठमाडौं, असार १५-

एसिसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपाल समूह विजेता बनेको छ। यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आयोजक मलेसियालाई ८४ रनले पराजित गर्न सफल भयो। तीन टिम रहेको समूह ‘ए’ मा थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल र मलेसिया अन्तिम खेलअघि सेमिफाइनलमा पुगेका थिए।

शुक्रबार नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भयो। मलेसियाका लागि मोहमद आलिफले ५२ रन र मोहमद हाइरिलले ५४ रनको योगदान गरे । मलेसियालाई सय रन भन्दा कममा रोक्ने क्रममा नेपालका अशोक धामीले ४ विकेट लिए। उनले ७ ओभरमा १४ रन खर्चिए। अभिषेक तिवारीले ३ विकेट लिन सफल भए भने सन्तोष यादवले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अलआउट भयो। नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५२ रन जोडे।  ओपनर सूर्यान्सु कोइराला र नरेश भट्टले २९.२९ रनको योगदान गरे। नेपालका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अब नेपालले सेमिफाइनलमा हङकङ वा सिंगापुर मध्ये एक टिमसँग भिड्नेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>