Breaking News

विद्यार्थी गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, सरकार मुद्दा फिर्ता लिन्छः ओली

Banner

काठमाडौँ, असार १४-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभ्यता बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिनु दुःखद् भएको बताएका छन्।

‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता दिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भनेर,’ मदन भण्डारीको वार्षिकोत्सवका सन्दर्भमा काठमाडौंमा बोल्दै उनले भने, ‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>