चितवन विशेष

केरुङ्गा खोलाको सीमाङ्कन सुरु, हरियाली प्रवद्र्धनसहित पर्यटकीय पूर्वाधार निर्माण गरिने

Banner

चितवन, असार १४–

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताउनुभएको छ । केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार शुभारम्भ गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेकोउल्लेख गर्नुभयो ।

भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो ।

सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहाललेबताउनुभयो । व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वधार निर्माण हुने उहाँको भनाई छ ।

भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट केरुङ्गा खोला सीमाङ्कनको कार्य सुरुभएको हो । सीमाङ्कन कार्यको शुभारम्भ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो ।

केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रकृया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिनेबताउनुभयो ।

संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उहाँको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने ईन्जिनियर शिवहरि अधिकारीले जानकारी दिनुभयो ।

केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रु ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दाँया बायाँ साईकल ट्रयाक र ठाउँ ठाउँमा पार्क हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>