मनोरञ्जन

गायक प्रकाश सतुपमाथि बियरको बोटल प्रहार गर्ने युवकले हात जोडेर मागे माफी

Banner

काठमाडौं, असार १२-

रोमानियामा गायक प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।

रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो ।

घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोटल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।

‘प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् ।

उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे । आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।

बोटल प्रहार गर्ने युवकले पनि गायक प्रकाश सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>