चितवन विशेष
भरतपुरको महत्वपूर्ण स्थानमा सिसि क्यामरा राखिने, दुई करोड ९० लाख विनियोजन
०

चितवन, असार ११–
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा महानगरको महत्वपूर्ण स्थानहरुमा सिसि क्यामरा जडान गर्ने नीति लिएको छ । त्यसका लागि दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बताए ।
हिजो भएको १३औँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै अधिकारीले भने, ‘महानगरपालिकाबासीलाई सुरक्षाको प्रत्याभुति दिलाउन महानगरपालिकाको महत्वपूर्ण स्थानमा सिसि क्यामेरा जडानको कार्य प्रारम्भ गरिनेछ । यसको लागि दुई करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
महानगरको २९ वटै वडाको एक हजार भन्दा बढी महत्वपूर्ण स्थानमा नेपाल प्रहरीसँगको सहकार्यमा सिसि क्यामेरा राख्ने महानगरको योजना रहेको छ । अपराध र सडक दुर्घटना नियन्त्रणको निम्ति एकिकृत ‘कमाण्ड कन्ट्रोल सेन्टर’को स्थापना गरिने महानगरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























