Breaking News
नेपालका दुवै ओपनर आसिफ र कुशल आउट
०

काठमाडौं, असार ९-
आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ ।
सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ बल खेल्दा शून्यमा आउट भएका थिए ।
दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।
कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । कुशल आउट भएसँगै सुस्त सुरुआत गरेको नेपाल दबावमा परेको छ ।
नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























