Breaking News

रेशम चौधरी भन्छन्, ‘म हत्यारा भएको भए जनताले मलाई यसरी स्वागत गर्थे होलान् ?’

Banner

सुर्खेत,असार ९-

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू हत्यारा नभएको स्पष्टीकरण दिएका छन्। हत्यारा भएको भए नागरिकहरूले आफूलाई चार ट्रक मालाले स्वागत नगर्ने बताए। पार्टी कार्यक्रमका सिलसिलामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका रेशमलालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णाली आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको समेत बताए। उनले भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ! हिसाब गर्ने हो भने अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन्।’

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले झन्डै १५ वर्ष कैद माफी पाएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। रेशमलालले पत्रकारहरुलाई टीकापुर घटनाबारे प्रश्न नगर्न आग्रह गरेका थिए। प्रश्नको उत्तर दिँदादिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न राख्न पत्रकारलाई आग्रह गरे। यति भनेपछि पत्रकारहरूले पनि टीकापुर घटनाबारे चौधरीलाई कुनै प्रश्न गरेनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>