Breaking News

कांग्रेसको लय बिग्रेका कारण समाजमा निराशा र आक्रोश फैलियोः गगन थापा

Banner

काठमाडौं,असार ९-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा व्याप्त असन्तुष्टि,निराशा र आक्रोशले विष्फोटको रुप लिन लागेको भन्दै ब्यापक निराशाको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले समाजमा निराशा र आक्रोश फैलिनुको कारण देशको सबैभन्दा ठूलो र पूरानो पार्टी कांग्रेसको लय बिग्रनु नै भएको बताए ।

थापाले भने–आज समाजको आक्राश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पापर्टीको लय बिग्रिदा,यसले लय फर्किन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ ।

अरु पार्टीले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने भन्दै थापाले कांग्रेसले लय छाड्दा देश नै निराश बन्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>