क्रिकेट

विश्वकप छनोटमा ओमानमाथि श्रीलंकाको १० विकेटको जित

Banner

काठमाडौं, असार ८-

आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा ग¥यो ।
श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल खेल्दै आठ चौका बनाए । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन् ।
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।
यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलङ्काले चार अङ्क जोडेको छ । श्रीलङ्काले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अङ्क नै रहेको छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>