Breaking News

सभापति देउवा देशबाहिर रहेका बेला अर्को मोर्चा बन्यो, यसबारे बुझ्न जरुरी छः रवि लामिछाने

Banner

काठमाडौं, असार ८-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशमा नभएको बेला समाजवादी मोर्चा बनेको भन्दै टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै उनले मोर्चाबारे बुझ्नुपर्ने भएको बताएका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही संसद्मा विशेष समितिको माग गरेको थिएँ, दलको तर्फबाट। त्यसको कारण, जुन ढंगले यसको अनुसन्धान भइरहेको थियो, अनुसन्धान गर्ने निकायकै बारेमा प्रश्न आए। अनेक कुराहरू आए। तर, यस विषयमा छानबिन हुन सकेन। छानबिन त सकिएको छैन तर हाम्रो उत्तर पनि अनुत्तरित नै भयो,’ उनले भने, ‘सरकार अलमलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। मोर्चा बनेको थाहा भयो। अब यो के हो? बुझ्न जरुरी भयो। त्यही गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेलामा, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ।’

जनतालाई राहत दिने, मुलुकका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने भन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी भएका कारण अलमलिएको उनको बुझाइ थियो।

बजेटमा भइरहेको लछलफलहरूको औचित्य नै पुष्टि गर्न संसद्ले नसकेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>