Breaking News

वेष्टइन्डिजसंग नेपाल १०१ रनले पराजित

Banner

काठमाडौँ, असार ७–

जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा वेष्टइन्डिजसंग नेपाल १०१ रनले पराजित भएको छ ।

वेष्टइन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए । यस्तै अलराउण्डर गुलशन झा ४२, कप्तान रोहित पौडेल ३०, आशिफ शेख २८, करन केसी २८, दिपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

वेष्टइन्डिजका जसोन होल्डरले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको वेष्टइन्डिज ७ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो । उसका लागि कप्तान साइ होपले १३२ रनको शतकीय पारी खेले भने अर्का व्याटर निकोलस पुरनले पनि ११५ रनको शतकीय पारी खेले । यी दुई व्याटरले वेष्टइन्डिजको पारी उकासेका थिए ।

वेष्टइन्डिजको सुरुवात भने निकै खराब रहेको थियो । उनले ९ रनको अवस्थामा महत्वपूर्ण दुई विकेट गुमाएको थियो । नेपालका लागि ललित राजवंशीले ३, करन केसी, सन्दीप लामिछाने, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>