क्रिकेट

नेपालविरुद्ध वेस्ट इन्डिजका पुरनको अर्धशतक

Banner

काठमाडौं,असार ७-

आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका मध्यक्रम ब्याटर निकोलस पुरनले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि पुरनले ५१ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो १२औं अर्धशतक हो ।

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए । ५५(३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका पुरनले हाल कप्तान साई होपसँग ११५ रनको साझेदारी गर्दै टिमको इनिङ उकासिरहेका छन् । पुरनलाई साथ दिइरहेका होपले ८१ रन बनाएका छन् ।

जारी खेलको ३३ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर १७० रन बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>