Breaking News
रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँः अनिलकेशरी शाह
०

काठमाडौं,असार ७-
३१ वर्ष लामो बैंकिङ करिअरपछि अनिलकेशरी शाह बिहीबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार रास्वपाको नयाँ केन्द्रीय कार्यालयमा उनलाई सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
रास्वपाको लोगो लगाइसकेपछि पत्रकारहरुलाई सम्बोधनका क्रममा उनले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू प्रवेश गरेको बताए। ‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरुको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























