चितवन विशेष
सेन्ट्रल कलेजबाट ‘प्रोसेस’ गरेका ३ सय बढिले पाए सिओई, पाउने भए जापान जाने अवसर

भरतपुर,असार ६-
बिगत एक दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले जुलाई इन्टेकका लागि पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । यस इन्टेकमा सेन्ट्रल कलेजमा अध्ययन गरेका ३ सयबढी विद्यार्थीले सिओई प्राप्त गर्न सफल भएका छन् । कलेजबाट अप्लाई भएका विद्यार्थीको नतिजा सार्वजनिक गर्दा ३ सयबढि विद्यार्थीले सिओई प्राप्त गरेका हुन् । त्यसमा चितवन र नवलपुरका मात्रै दुई सय बढि विद्यार्थी रहेका छन् । अझै धेरै विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।
जापानका लागि प्रोसेस चालेका अधिकांस विद्यार्थीले सिओई प्राप्त गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले बताए । ‘सिओई प्राप्त गरेको विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामिले सिओईलाई भिसा बराबरको सफलता मान्छौँ’, उनी भन्छन्, ‘सेन्ट्रल कलेजले सयौँलाई सफलता दिन सफल भएको छ । करिब ८० प्रतिशत भन्दाबढी सक्सेस रेट दिन सकेको छ ।’ ‘सिओई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्र्तवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी हुन्छ’,उनले भने । जापनिज भाषाका टेष्टहरुमा पनि कलेजमा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हाँसिल गरेको उनको भनाई छ ।

सेन्ट्रल कलेजले जापानको विभिन्न सहरका स्कुल, कलेज तथा विश्वविद्यालयमा अप्लाई गरेका विद्यार्थीहरुको सिओई नतिजा सार्वजनिक भएपछि बधाई समेत ज्ञापन गरेको छ । कलेजमा आयोजित कार्यक्रममा पिन्सिपल पौडेलले विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको कामना गरे । उनले सिओई प्राप्तपछि गर्नुपर्ने अन्य प्रकृयाका बारेमा विद्यार्थीलाई जानकारी दिए ।
‘सिओई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामिले नै लिन्छौँ’, उनले भने । सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको उनको भनाई छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मूख्य कार्यालय नारायणगढ, र अन्य शाखा कार्यालयहरु सौराहा चोक (टाँडी), पर्सा, कावासोती, बर्दघाट, बुटवल, पोखरा, दमौली, डुम्रे, हेटौडा र काठमाडौं लगायतका ठाउँहरुमा पनि सम्पर्क गर्न सक्नेछन् । कलेजले जापान संगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।
विद्यार्थीका लागि बस सेवा सञ्चालन गरिरहेको कलेजले नारायणगढको लायन्स चोकमा आफ्नै भवन निर्माण गरिरहेको छ । कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।



























