मनोरञ्जन

सकम्बरीबाट चर्चा कमाएकी कुसुमले फिल्ममा डेब्यू गर्दै

Banner

काठमाडौं, असार ६-

पछिल्लो समय चर्चामा रहेकी नायिका कुसुम शर्मा फिल्ममा डेब्यू गर्दैछिन्। दिनेश श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘सञ्जीवनी’ बाट उनले फिल्म क्षेत्रमा डेब्यू गर्न लागेकी हुन्।

फिल्ममा आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ। निर्माण टिमले आर्यन र कुसुमको पोस्टर सार्वजनिक पनि गरेको छ ।

प्रेमकथामा बन्ने फिल्ममा अभिनेत्री श्रद्धा श्रेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठलगायतको पनि अभिनय रहनेछ। गायक प्रकाश सपुतको सकम्बरीं बोलको गीतबाट चर्चामा आएकी कुसुम शर्मा फिल्ममा डेब्यू गर्दैछिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>